AarthikBikash
बिहिबार, चैत्र ५, २०८२
  • होमपेज
  • राजनीति
  • रवि लामिछाने मुद्दा फिर्ता विवाद : सर्वोच्चमा आज पनि निरन्तर सुनुवाइ

रवि लामिछाने मुद्दा फिर्ता विवाद : सर्वोच्चमा आज पनि निरन्तर सुनुवाइ

  • मङ्लबार, चैत्र ३, २०८२
रवि लामिछाने मुद्दा फिर्ता विवाद : सर्वोच्चमा आज पनि निरन्तर सुनुवाइ

काठमाडौं-रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध परेको रिट निवेदनमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। आइतबारदेखि ‘हेर्दाहेर्दै’मा राखिएको उक्त रिटमा मंगलबार पनि निरन्तर सुनुवाइ हुने तय भएको हो।

लामिछानेविरुद्ध दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने निर्णयविरुद्ध दायर रिटमा सोमबार सर्वोच्चमा प्रारम्भिक सुनुवाइ भएको थियो । सर्वोच्चका न्यायाधीश शारंगा सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासमा भएको सुनुवाइ नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको थियो।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध काठमाडौं, कास्की, पर्सा र रुपन्देही जिल्ला अदालतमा दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा संशोधनमार्फत फिर्ता लिन जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएपछि यो विषय कानुनी विवादमा परेको हो।

उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र सिन्धुलीका युवराज पौडेल ‘सफल’ले रिट दायर गरेका थिए ।

गत पुस ३० गते महान्यायाधिवक्ता बरालले लामिछानेमाथि सहकारी ठगीसम्बन्धी मुद्दा मात्रै चलाउन र संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा संशोधनमार्फत फिर्ता लिन सम्बद्ध जिल्ला सरकारी वकिल कार्यालयलाई पत्राचारमार्फत निर्देशन दिएकी थिइन्।

सम्बन्धित समाचार