काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पार्टीका तर्फबाट नवनिर्वाचित सांसदका लागि मंगलबारदेखि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ ।
ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा भइरहेको दुईदिने अभिमुखीकरण कार्यक्रमलाई आज पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् ।
मंगलबार रास्वपा उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले घण्टी बजाएर अभिमुखीकरणको शुभारम्भ गरेका थिए ।
मंगलबार कार्यक्रममा सहभागी नभएका पार्टी सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज उपस्थित हुने सम्बोधन गर्ने बताइएको छ ।
लामिछानेले पार्टीको रणनीति, दृष्टिकोण र नीतिगत प्राथमिकता तथा समापन मन्तव्य व्यक्त गर्ने कार्यक्रम तालिका छ । बालेन पनि आज उपस्थित हुनेछन् ।