काठमाडौं – सर्वोच्च अदालतमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्धामा सुनुवाइ हुँदैछ ।
सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदन मंगलबार हेर्न नभ्याएपछि ‘हेर्दाहेर्दै’मा आज सुनुवाइ हुने भएको हो ।
न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा आइतबारदेखि सुनुवाइ सुरु भएको थियो। मंगलबार पनि सुनुवाइ नसकिएकाले हेर्दाहेर्दैमा यही चैत ५ गते सुनुवाइ हुने बताइएको छ ।
यसअघि, सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइ गर्न यही चैत १ गतेका लागि पेस गर्न आदेश दिएको थियो।