काठमाडौं – सिंहदरबारमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक सुरु भएको छ ।
संसदीय दलका कार्यालयको व्यवस्थापन, कर्मचारीको व्यवस्था तथा उपलब्ध गराइने सेवा-सुविधासम्बन्धी विषयमा धारणा आदानप्रदान गर्न संघीय संसद् सचिवालयले आह्वान गरेको बैठक केहिबेर अघिदेखि सुरु भएको हो ।
फागुन २१ गते भएको प्रतिनिधिसभाबाट ६ दलले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका छन्।
बैठकमा ६ दलमध्ये पाँच दलका प्रतिनिधिहरू सहभागी छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि भने सहभागी छैनन्।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट महामन्त्री कवीन्द्र बुर्लाकोटी, नेपाली कांग्रेसका मोहन आचार्य, एमालेका गुरु बराल र नेकपाका रमेश मल्ल लगायत नेताहरू सहभागी छन्।
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक सञ्चालन हुने नयाँ भवनको भौतिक अवस्थाबारे जानकारी गराउने तथा निर्माणाधीन संरचनाका कारण प्रारम्भिक चरणमा देखिन सक्ने असहजताबारे अवगत गराउने जनाइएको छ।