AarthikBikash
आइतवार, चैत्र ८, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • कञ्चनपुर कारागारमा चिर्पट प्रहारबाट एक कैदी घाइते

कञ्चनपुर कारागारमा चिर्पट प्रहारबाट एक कैदी घाइते

  • आइतवार, चैत्र ८, २०८२
कञ्चनपुर कारागारमा चिर्पट प्रहारबाट एक कैदी घाइते

कञ्चनपुर – कञ्चनपुर कारागारमा रहेका एक कैदीबन्दी घाइते भएका छन् ।

घाइते हुनेमा वेदकोट नगरपालिका-९ घर भएका गणेश विष्ट रहेका छन्

जिल्ला प्रहरी कार्यालयका अनुसार कारागारको ब्लक ‘ए’ मा रहेका विष्टमाथि ब्लक ‘बी’ मा रहेका शुक्लाफाँटा–९ घर भएका थुनुवा भुवन ऐरले चिर्पट प्रहार गर्दा विष्ट घाइते भएका हुन् ।

घाइते विष्टको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था खतरा मुक्त छ ।

घाइते विष्टले कारागारभित्रै लागुऔषधको कारोबार भइरहेको खबर नाइकेलाई  दिँदा आफूमाथि आक्रमण भएको बताएका छन् ।

प्रहरीका अनुसार दुवै कैदीबन्दी लागुऔषध मुद्धामा कारागार चलान भएका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार