AarthikBikash
सोमवार, चैत्र ९, २०८२
  • होमपेज
  • राजनीति
  • रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ

रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ

  • सोमवार, चैत्र ९, २०८२
रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदैछ ।

आइतबार महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतको मागअनुरूप लामिछानेको मुद्दा फिर्ताको निर्णय संशोधनसम्बन्धी फाइल सर्वोच्च अदालतमा पेस गरेको छ ।

सर्वोच्चको मागबमोजिम पेस भएको निर्णय संशोधनसम्बन्धी फाइलमाथि आज बहस हुनेछ ।

सर्वोच्च अदालतका न्यायाधीशहरू सारंगा सुवेदी र सुनिलकुमार पोखरलेको इजलासमा सुनुवाइ जारी छ ।

गएको पुस ३० गते महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने निर्णय गरेपछि सर्वोच्चमा रिट दायर भएको थियो ।

सम्बन्धित समाचार