AarthikBikash
सोमवार, चैत्र ९, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • साढे ३ केजी गाँजासहित त्रिभुवन विमानस्थलबाट थाई नागरिक पक्राउ

साढे ३ केजी गाँजासहित त्रिभुवन विमानस्थलबाट थाई नागरिक पक्राउ

  • सोमवार, चैत्र ९, २०८२
साढे ३ केजी गाँजासहित त्रिभुवन विमानस्थलबाट थाई नागरिक पक्राउ

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागू औषध (गाँजा)सहित एक विदेशी नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बैंककबाट काठमाडौं आएका ३९ वर्षीय थाई नागरिक योङयुट थुइअन रहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरको टोलीले उनको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले चेकजाँच गरेको थियो ।

जाँचका क्रममा उनको सुटकेसबाट करिब ३ केजी ४३५ ग्राम तौलको लागू औषध जस्तो देखिने पदार्थ (प्लास्टिकसहित) फेला परेको प्रहरीले जनाएको छ।

उनी थाई एयरवेजको उडान नम्बर टीजी ३०९ मार्फत काठमाडौं आइपुगेका थिए।

पक्राउ परेका योङयुटलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउनका लागि लागू औषध नियन्त्रण ब्यूरो, कोटेश्वरमा बुझाइएको छ।

सम्बन्धित समाचार