AarthikBikash
सोमवार, चैत्र ९, २०८२
  • होमपेज
  • राजनीति
  • पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: पूर्वमन्त्री आचार्यसँग साढे २ लाख धरौटी माग

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: पूर्वमन्त्री आचार्यसँग साढे २ लाख धरौटी माग

  • सोमवार, चैत्र ९, २०८२
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: पूर्वमन्त्री आचार्यसँग साढे २ लाख धरौटी माग

काठमाडौं – नेकपा एमालेका नेता एवं पूर्वमन्त्री भीम आचार्यसँग विशेष अदालतले साढे दुई लाख रुपैयाँ धरौटी माग गरेको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको बहुचर्चित भ्रष्टाचार आरोपमा अदालतले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

सोमबार अदालतमा उपस्थित भएका आचार्यलाई विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइराला को संयुक्त इजलासले धरौटीमा छाड्ने आदेश दिएको थियो। आदेशसँगै उनी अहिले धरौटी रकम बुझाउने प्रक्रियामा रहेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले आचार्यमाथि पर्यटनमन्त्री रहँदा विमानस्थल निर्माण लागत अस्वाभाविक रूपमा बढाएर अनियमितता गरेको आरोप लगाउँदै गत मंसिर २१ गते मुद्दा दर्ता गरेको थियो।

यस बहुचर्चित प्रकरणमा कुल ५५ जनालाई प्रतिवादी बनाइएको छ। आयोगले उनीहरूबाट करिब ८ अर्ब ३६ करोड रुपैयाँ बराबरको बिगो असुल गर्न माग गरेको छ।

सम्बन्धित समाचार