AarthikBikash
मङ्लबार, चैत्र १०, २०८२
  • होमपेज
  • राजनीति
  • नयाँ सरकारले भ्रष्टाचारीलाई कहिल्यै उठ्न नसक्ने गरि नंग्याउनु पर्छ: महावीर पुन

नयाँ सरकारले भ्रष्टाचारीलाई कहिल्यै उठ्न नसक्ने गरि नंग्याउनु पर्छ: महावीर पुन

  • मङ्लबार, चैत्र १०, २०८२
नयाँ सरकारले भ्रष्टाचारीलाई कहिल्यै उठ्न नसक्ने गरि नंग्याउनु पर्छ: महावीर पुन

काठमाडौं – पूर्वशिक्षामन्त्री महावीर पुनले नयाँ सरकारले भ्रष्टाचार रोक्न नसके जनतालाई ठूलो धोका हुने बताएका छन् ।

म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित पुनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो बताएका हुन् ।

पुनले भ्रष्टाचारीहरूलाई कारबाही गर्दा नियम बाधक बने तत्काल नयाँ नियम बनाउनु पर्ने पनि बताएका छन् ।

‘अव आउने रास्वपाको सरकारले पहिलो दिन देखि नै भ्रष्टाचारीहरुलाई नियम पुऱ्याएर कहिल्यै उठ्न नसक्ने गरि नंग्याउनु पर्छ। नियमले छेक्यो भने तुरुन्त नयाँ नियम बनाउनु पर्छ। सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ र रास्वपा पनि कालान्तरमा हराएर जानेछ,’ समाजिक सञ्जालमा उनले लेखेका छन् ।

अबको सरकारले पहिलो दिनदेखि नै भ्रष्टाचारीहरूलाई नियम पुर्‍याएर कहिल्यै उठ्न नसक्ने गरी नंग्याउनु पर्ने पनि उनले बताए ।

‘तीन महिना भित्र जनताले सुशासनको अनुभुति गर्न सकुन् । भ्रष्टाचार र कुशासन हटाउन सरकारलाई मैले पुर्ण सहयोग गर्नेछु,’ उनले थप भनेका छन्।

पुनले भ्रष्टाचार रोक्न र कुशासन हटाउन आफुले पनि सरकारलाई पूर्ण सहयोग गर्ने बताएका छन् ।

सम्बन्धित समाचार