AarthikBikash
बिहिबार, चैत्र १२, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • जाँचबुझ आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने पुष्टि भयो: शंकर पोखरेल

जाँचबुझ आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने पुष्टि भयो: शंकर पोखरेल

  • बिहिबार, चैत्र १२, २०८२
जाँचबुझ आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने पुष्टि भयो: शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले जाँचबुझ आयोगको प्रतिवेदनमाथि गम्भीर प्रश्न उठाएका छन् ।  पोखरेलले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोग निष्पक्ष छानबिनका लागि नभई निश्चित धारणा स्थापित गर्न बनेको पुष्टि भएको भन्दै फेसबुकमार्फत प्रश्न उठाएका हुन् ।’कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा आयोगको प्रतिवेदनले नै पुष्टि गरेको छ। कार्की आयोग र आम निर्वाचन ०८२ अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानुनी वैधानिकता दिने प्रयास थियो भन्ने कुरा स्पष्ट छ । सोही अनुसारको निर्वाचनको परिणाम र आयोगको प्रतिवेदन आएको छ,’ पोखरेलले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन् ।

निर्वाचन र जाँचबुझ आयोगको प्रतिवेदनसँगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर भएको उनले बताएका छन् । उनले अल्गोरिदमको प्रयोगबाट लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणबाट नयाँ शक्तिको उदय भएको भन्दै अबको बाटो सजिलो हुन नसक्ने टिप्पणी पनि गरेका छन् ‘अबको बाटो सजिलो नहुन सक्छ-राष्ट्र र लोकतन्त्र दुवैले केही समय चुनौतीको सामना गर्नुपर्ने देखिन्छ,’ उनले थप लेखेका छन् । उनले अब राष्ट्र र लोकतन्त्र दुवैले केही समय चुनौतीको सामना गर्नुपर्ने देखिएको पनि बताएका छन् ।

सम्बन्धित समाचार