AarthikBikash
बिहिबार, बैशाख १०, २०८३
  • होमपेज
  • राजनीति
  • महान्यायाधिवक्ता कँडेलको रिटमा कारण देखाउ आदेश

महान्यायाधिवक्ता कँडेलको रिटमा कारण देखाउ आदेश

  • बिहिबार, बैशाख १०, २०८३
महान्यायाधिवक्ता कँडेलको रिटमा कारण देखाउ आदेश

काठमाडौं-सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा.नारायणदत्त कँडेलको योग्यता सम्बन्धी रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

बिहीबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा झिकाउने आदेश जारी गरेको हो।

संवैधानिक व्यवस्थाअनुसार सर्वोच्च अदालतको न्यायाधीश बन्ने योग्यता पुगेको व्यक्तिलाई महान्यायाधिवक्ता नियुक्त गर्न सकिने प्रावधान छ ।

सोहिअनुसार प्रधानमन्त्री बालेन्द्र शाहले गत चैत २२ गते डा. कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेका थिए।

तरअधिवक्ताहरु माधवकुमार बस्नेत, दीपकराज जोशीसहित ४ जना र शिराज बरालले महान्यायाधिवक्ताको योग्यता माथि प्रश्न उठाउँदै रिट दर्ता गरेका थिए ।

सम्बन्धित समाचार