काठमाडौं – बिहीबार रोल्पामा भएको जीप दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार ज्यान गुमाएका २० जनाकै सनाखत भएको हो ।
बिहीबार रोल्पाको जलजलामा वैशाख पूर्णिमाका अवसर लाग्ने मेलामा सहभागी हुन गएका तिर्थालुहरू चढेको लु १ज ४१६७ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको थियो ।
ज्यान गुमाउनेहरू सिस्ने गाउँपालिका वडा नम्बर ५ टाकुरा गाउँका, घोराही उपमहानगरपालिका–१५, रतनपुर, दाङका र भूमे गाउँपालिका रुकुमपूर्वका छन् ।
दुर्घटनामा एक जना घाइते भएका थिए । घाइते समीर कामी सिस्ने ५ का हुन् उनी उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी एकै परिवारका ७ जनाको ज्यान गएको छ । जसमा दाजुको परिवारको छोरो, बुहारी, श्रीमती र नाती गरेर ४ जना र भाइको परिवारको श्रीमती, छोरी र छोरो रहेका छन् ।
दुर्घटनामा ज्यान गुमाएकाहरू
सिस्ने–५, टाकुरा, रुकुम पूर्वका १० जना
१. गोर्ख बहादुर बुढाथोकी (३२ वर्ष)
२. तिलकुमारी बुढाथोकी (५३ वर्ष)
३. युवा बुढाथोकी (२८ वर्ष)
४. दिव्यन बुढाथोकी (१० वर्ष)
५. सृजना बुढाथोकी (२४ वर्ष)
६. सुदीप बुढाथोकी (१३ वर्ष)
७. ओमकुमारी बुढाथोकी (४० वर्ष)
८. मीना कामी (६० वर्ष)
९. लक्ष्मी शाह (६० वर्ष)
१०. रुक्मिणा बस्नेत
भुमे–५, रुकुम पूर्व घर भएका १ जना
१. टेकप्रसाद बुढामगर
दाङको घोराही–१५, रतनपुर घर भएका ९ जना
१. दोरपती जिसी (५४ वर्ष)
२. तिला जिसी (३२ वर्ष)
३. जेनिस जिसी (७ वर्ष)
४. जेनिसा जिसी (१२ वर्ष)
५. एलिना जिसी (२५ वर्ष)
६. संयोग जिसी (७ वर्ष)
७. यमबहादुर जिसी (उमेर नखुलेको) घोराही–१३, दाङ
८. धनमाया विष्ट शान्तिनगर, दाङ (हाल: सिस्ने–५, रुकुम पूर्व)
९. बेदु कामी (४२ वर्ष) – सवारी चालक