AarthikBikash
शनिबार, अशोज १०, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • पहिरोले कर्णालीका पाँच सडकखण्ड अवरुद्ध, यातायात प्रभावित

पहिरोले कर्णालीका पाँच सडकखण्ड अवरुद्ध, यातायात प्रभावित

  • शनिबार, अशोज १०, २०८३
पहिरोले कर्णालीका पाँच सडकखण्ड अवरुद्ध, यातायात प्रभावित

सुर्खेत – लगातारको वर्षापछि आएको पहिरोका कारण कर्णाली प्रदेशका विभिन्न जिल्लाका पाँच सडकखण्ड अवरुद्ध भएका छन् ।

शनिबार बिहानसम्म दैलेख, कालिकोट, हुम्ला, मुगु र जाजरकोटका सडकखण्डमा पहिरो खसेपछि यातायात प्रभावित भएको हो ।

दैलेख–कालिकोट सडकखण्डअन्तर्गत गगने खोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा माथिबाट लेदोसहितको पहिरो खसेपछि कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।

कर्णाली करिडोरअन्तर्गत हुम्लाको सर्केगाड–खच्चा क्षेत्रमा पहिरो खसेपछि सडक बन्द भएको छ । पहिरोका कारण उक्त सडकखण्डमा यातायात सञ्चालन हुन सकेको छैन ।

मुगुको नाग्मा–गमगढी सडकखण्डअन्तर्गत रारा जाने मार्गको झारीखोलामा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ ।

जाजरकोटको छेडागाड नगरपालिका–४ लेवाभीरस्थित छेडाथलह भित्री सडकखण्डमा माथिबाट ढुंगा र लेदोसहितको पहिरो खसेको छ । पहिरोका कारण छेडा–थलह सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

प्रहरीका अनुसार अवरुद्ध सडकखण्डमा पहिरो हटाएर यातायात सञ्चालन गराउने प्रयास भइरहेको छ ।

सम्बन्धित समाचार