भक्तपुर – भक्तपुरबाट साढे एक किलो चाँदीसहित एक जना पक्राउ परेका छन् ।
जिल्लाको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीबाट साढे एक किलो चाँदीसहित एक जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर १० घर भई हाल काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर ८ पुल बजार बस्ने ३२ वर्षीय राजु स्वेत रहेका छन् ।
सोमबार अपराह्नतिर प्रदेश ३–०२–०१२ प ४३६४ नम्बरको मोटरसाइकल चढेर नालाबाट च्यामासिंह तर्फ आउँदै गरेका राजुलाई प्रहरीले जाँच गर्दा उनले बोकेको झोलाबाट चाँदी बरामद भएको थियो ।
प्रहरीले सोधपुछ गर्दा उनले कुनै किसिमको कागजातहरू देखाउन नसकेकाले नियन्त्रणमा लिइएको हो ।
उनलाई प्रहरी वृत्त जगाती भक्तपुरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।