AarthikBikash
मङ्लबार, बैशाख २९, २०८३
  • होमपेज
  • राजनीति
  • देउवा समूहको प्रदेशस्तरीय भेला विराटनगरमा

देउवा समूहको प्रदेशस्तरीय भेला विराटनगरमा

  • मङ्लबार, बैशाख २९, २०८३
देउवा समूहको प्रदेशस्तरीय भेला विराटनगरमा

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आजदेखि प्रदेशस्तरीय भेला गर्दै छ ।

पार्टीले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत प्रदेशस्तरीय भेलाहरू गरिरहेकै बेला देउवा समूहले छुट्टै आन्तरिक रणनीति निर्माणका लागि प्रदेशस्तरीय छलफल सुरु गर्न लागेको हो । देउवा समूहले मंगलबार कोशी प्रदेशस्तरीय भेला मोरङको विराटनगरमा गर्दै छ । विराटनगरको बिग होटलमा बिहान ११ बजेदेखि भेला भइरहेको छ ।

भेलामा नेताहरूलाई एकताबद्ध राख्दै आन्तरिक छलफललाई प्रभावकारी बनाउन र वर्तमान राजनीतिक अवस्थालाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

देउवा समूहले आगामी राजनीतिक गतिविधि र संगठनात्मक रणनीतिलाई लक्षित गर्दै प्रदेशस्तरीय छलफललाई निरन्तरता दिने तयारी गरेको छ ।

जसका लागि बुधबार काठमाडौंमा बागमती प्रदेशस्तरीय भेला गर्ने भएको छ । भेला बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा दिउँसो १ बजेबाट सुरु हुनेछ ।

सम्बन्धित समाचार