AarthikBikash
मङ्लबार, बैशाख २९, २०८३
  • होमपेज
  • राजनीति
  • एमाले संसदीय दलको उपनेतामा पद्या अर्याल

एमाले संसदीय दलको उपनेतामा पद्या अर्याल

  • मङ्लबार, बैशाख २९, २०८३
एमाले संसदीय दलको उपनेतामा पद्या अर्याल

काठमाडौं – नेकपा एमालेले प्रतिनिधिसभा संसदीय दलको उपनेतामा पद्या अर्याललाई चयन गरेको छ ।

मंगलबार संसदीय दलले अर्याललाई दलको उपनेतामा मनोनीत गरेको हो ।

एमाले केन्द्रीय कमिटी सचिवसमेत रहेकी अर्याल फागुन २१ को चुनावपछि समानुपातिकबाट सांसद बनेकी हुन् ।

दलको नेतामा यसअघि नै रामबहादुर थापा चयन भइसकेका छन् । एमालेले दुवै समानुपातिक सांसदलाई दलको नेता र उपनेता चयन गरेको हो ।

यसअघि दलको प्रमुख सचेतकमा ऐन महर र सचेतकमा नीता घतानी मनोनीत भएका थिए ।

सम्बन्धित समाचार