AarthikBikash
मङ्लबार, बैशाख २९, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • राष्ट्रपति पौडेल भेट्न शीतल निवास पुगे सभामुख अर्याल

राष्ट्रपति पौडेल भेट्न शीतल निवास पुगे सभामुख अर्याल

  • मङ्लबार, बैशाख २९, २०८३
राष्ट्रपति पौडेल भेट्न शीतल निवास पुगे सभामुख अर्याल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डीपी अर्यालबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा पुगेर सभामुख अर्यालले राष्ट्रपतिसँग भेट गरेका हुन् ।

राष्ट्रपति भवन शीतल निवासमा मंगलबार भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

बजेट अधिवेशनको पहिलो दिन सोमबार राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए ।

आजबाट त्यसमाथि छलफल सुरू हुँदैछ । त्यसअघि सभामुख शीतल निवास पुगेका हुन् ।

सम्बन्धित समाचार