AarthikBikash
मङ्लबार, बैशाख २९, २०८३
  • होमपेज
  • राजनीति
  • प्रतिनिधिसभा बैठक सुरु हुनासाथ कांग्रेसको अवरोध, संसद् बैठक छाडेर हिँडेको विषयमा प्रधानमन्त्रीको जवाफ माग

प्रतिनिधिसभा बैठक सुरु हुनासाथ कांग्रेसको अवरोध, संसद् बैठक छाडेर हिँडेको विषयमा प्रधानमन्त्रीको जवाफ माग

  • मङ्लबार, बैशाख २९, २०८३
प्रतिनिधिसभा बैठक सुरु हुनासाथ कांग्रेसको अवरोध, संसद् बैठक छाडेर हिँडेको विषयमा प्रधानमन्त्रीको जवाफ माग

काठमाडौं – प्रतिनिधिसभा बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाहले संसद् बैठक छाडेर हिँडेको विषयमा असहमति राख्दै प्रमुख विपक्षी कांग्रेसले अवरोध गरेको हो ।

अवरोधपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले कांग्रेसकी प्रमुख सचेतक बासना थापालाई बोल्न समय दिएकोमा थापाले पार्टीको तर्फबाट   प्रधानमन्त्रीको जवाफ माग गरेकी छन् ।

राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रधानमन्त्रीले नै ‘बहिष्कार’ गर्ने कार्य संवैधानिक नैतिकताविपरीत भएको उनको भनाई छ ।

‘सरकारको नीति कार्यक्रम प्रधानमन्त्रीले नै ‘बहिष्कार’ गर्ने कुन संवैधानिक र नैतिक मर्यादा हो ?’ भन्दै थापाले प्रश्न गरिन् ।

प्रधानमन्त्रीको जवाफ माग गर्न समय पाएपछि कांग्रेस सांसदहरूले आसनमा बसेर अवरोध अन्त्य गरेका छन् ।

सम्बन्धित समाचार