काठमाडौं – विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को राजीनामा माग गरेका छन् ।
आजको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री स्वयं उपस्थित नभएको भन्दै विपक्षी सांसदहरूले आपत्ति जनाउँदै राजीनामा माग गरेका हुन् ।
नीति तथा कार्यक्रममाथि सांसदहरूको प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने भनिए पनि प्रधानमन्त्री शाह सदनमा उपस्थित छैनन् । उनको साटो अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले जवाफ दिनेगरी नयाँ कार्यसूची संशोधन गरिएको छ ।
सोही विषयलाई लिएर विपक्षी दलहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद्मा अवरोध समेत गरेका हुन् ।
परम्परा अनुसार नीति तथा कार्यक्रममाथि छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने परम्परा रहेको थियो ।
यद्यपी बालेन प्रधानमन्त्री भएपछि अहिलेसम्म संसदमा सम्बोधन सम्म गरेका छैनन् ।
सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३.०८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।