AarthikBikash
बुधबार, बैशाख ३०, २०८३
  • होमपेज
  • राजनीति
  • एमाले संसदीय दलका नेता बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो

एमाले संसदीय दलका नेता बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो

  • बुधबार, बैशाख ३०, २०८३
एमाले संसदीय दलका नेता बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो

काठमाडौं – नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले बोलेका असंसदीय शब्द संसदीय रेकर्डबाट हटेको छ ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ‘घ’ विपरीत बादलले बोलेका विषयहरू संसदीय रेकर्डबाट हटाउन संसद् सचिवालयलाई रूलिङ गरेका हुन् ।

प्रतिनिधिसभा नियमावलीको नियम २१ मा छलफलमा भाग लिने सदस्यले पालन गर्नुपर्ने नियमहरू छन् । जसलाई छलफलमा भाग लिने सदस्यले पालन गर्नुपर्दछ ।

जसअनुसार सभामुखको ध्यानाकर्षण गर्नको निमित्त उठ्नुपर्ने र सभामुखले निजको नाम बोलाएपछि वा इशारा गरेपछि मात्र बोल्नुपर्ने हुन्छ ।

सभामुखले ‘पद अनुकूल आचरण गरेको छैन’ भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने भनिएको छ ।

संविधानको धारा १०५ ले बहसमा बन्देज गरेका विषयमा छलफल गर्न नहुने विषय पनि छ ।

साथै, अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरु कुनै किसिमले असर पर्नेगरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने प्रावधान छ ।

सम्बन्धित समाचार