AarthikBikash
बिहिबार, बैशाख ३१, २०८३
  • होमपेज
  • राजनीति
  • प्रतिनिधिसभाका सचिव अधिकारीले लिए शपथ

प्रतिनिधिसभाका सचिव अधिकारीले लिए शपथ

  • बिहिबार, बैशाख ३१, २०८३
प्रतिनिधिसभाका सचिव अधिकारीले लिए शपथ

काठमाडौं – संघीय संसद् सचिवालयका नवनियुक्त सचिव प्रकाश अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार सिंहदरबारस्थित संसद् सचिवालयमा आयोजित एक समारोहबीच उनले शपथ लिएका हुन् । उनलाई सभामुख डोलप्रसाद (डीपी) अर्यालले शपथग्रहण गराए ।

राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्यालको सिफारिसमा अधिकारीलाई प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गरेका थिए ।

सभामुख अर्यालले हर्कराज राईलाई सचिव पदबाट मुक्त गर्दै रिक्त स्थानमा अधिकारीको नाम सिफारिस गरेका थिए ।

संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव र राष्ट्रियसभाका सचिवलाई सम्बन्धित सदनको सभामुख वा अध्यक्षको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने तथा पदमुक्त गर्ने प्रावधान छ ।

सम्बन्धित समाचार