AarthikBikash
शुक्रबार, जेष्ठ १, २०८३
  • होमपेज
  • खेलकुद
  • राखेपले गर्यो एन्फामाथिको निलम्बन फुकुवा

राखेपले गर्यो एन्फामाथिको निलम्बन फुकुवा

  • शुक्रबार, जेष्ठ १, २०८३
राखेपले गर्यो एन्फामाथिको निलम्बन फुकुवा

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि लगाएको निलम्बन फुकुवा गरेको छ।

एन्फा नेतृत्वले आफू पुनः दोहोरिन कार्यकाल सकिनुभन्दा ३ महिनाअघि नै विधानमै नभएको अर्ली इलेक्सन गर्न खोजेपछि विवाद सिर्जना भएको थियो ।

एन्फा निर्वाचनका लागि अघि बढेपछि राखेपले स्वीकृतीबिना निर्वाचन नगर्न पटकपटक पत्र काटेको थियो । तर, एन्फाले निर्देशन अवज्ञा गर्दै चैत १३ गते नै जसरी पनि निर्वाचन गर्ने अडान राखेको थियो ।

त्यसपछि गत चैत ११ गते राखेपले एन्फालाई तीन महिनाको लागि निलम्बित गरेको थियो।

शुक्रबार राखेपले एन्फा नेतृत्वमाथि लगाएको उक्त निलम्बन फुकुवा गरेको हो।

आज एन्फाका महासचिवसहित केही पदाधिकारीहरूले शिक्षा तथा खेलकुद मन्त्रालयका प्रतिनिधिहरूसँग भेटवार्ता गरेका थिए।

उक्त छलफलमा शिक्षा तथा खलकुद मन्त्री सस्मित पोखरेल, खेलकुद सल्लाहकार सिद्दी ब्यन्जनकार, परिषदका सदस्यसचिव रामचरित्र मेहता, एन्फका महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र प्रवक्ता सुरेश शाह लगायत सहभागी भएका थिए।

सम्बन्धित विवाद समाधानका लागि भएको आपसी सहमतिपछि निलम्बन फुकुवा गर्ने निर्णय भएको हो।

सम्बन्धित समाचार