काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी कोषाध्यक्षमा उमेश श्रेष्ठलाई मनोनित गरेका छन् । उनी शेरबहादुर देउवा सभापति हुँदा पनि कोषाध्यक्ष थिए ।
कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा ४ बमोजिम श्रेष्ठलाई कोषाध्यक्षमा मनोनयन गरिएको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।
शिक्षा क्षेत्रका सफल व्यवसायी श्रेष्ठ यसअघि राज्यमन्त्री समेत बनेका थिए ।