AarthikBikash
शनिबार, जेष्ठ २, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • शनिबार, जेष्ठ २, २०८३
यी ६ प्रदेशमा चट्याङ्गसहित  वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल र बाँकी प्रदेशमा आंशिक बादल लागेको छ।

आज दिउँसो कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  बाँकी हिमाली, पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ।

कोशी र मधेस प्रदेशका केही स्थानहरूमा, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशको हिमाली, पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको  सम्भावना रहेको छ। मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

आज राति कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ।

कोशी प्रदेशको थोरै स्थानहरू, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।

मधेस र लुम्बिनी प्रदेशका  तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार