AarthikBikash
सोमवार, जेष्ठ ४, २०८३
  • होमपेज
  • राजनीति
  • कांग्रेसको दुई दिने बागमती प्रदेशस्तरीय भेला धुलिखेलमा

कांग्रेसको दुई दिने बागमती प्रदेशस्तरीय भेला धुलिखेलमा

  • सोमवार, जेष्ठ ४, २०८३
कांग्रेसको दुई दिने बागमती प्रदेशस्तरीय भेला धुलिखेलमा

काठमाडौं – नेपाली कांग्रेसको प्रदेशस्तरीय भेलाअन्तर्गत बागमती भेला सुरु भएको छ।

कांग्रेसको नीति तथा अनुसन्धान प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा आयोजना गरेको प्रदेशस्तरीय भेलाअन्तर्गत बागमती प्रदेशको भेला काठमाडौंको धुलिखेलमा आज सुरु भएको हो।

दुई दिन चल्ने उक्त भेलाको उद्घाटन कांग्रेस सभापति गगनकुमार थापाले गरेका छन् ।

पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसारभेलामा केन्द्रीय सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, जिल्ला सभापतिहरू, प्रतिनिधिसभा सदस्य, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि लगायत सहभागि छन्।

भेलालाई सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मालगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।

कांग्रेसले यसअघि वैशाख २६ गते सुदूरपश्चिमको धनगढीबाट भेला गरेको थियो ।

त्यसपछि वैशाख २८ र २९ गते कर्णालीको सुर्खेतमा, वैशाख ३१ र जेठ १ गते गण्डकीको पोखरामा भेला आयोजना गरेको थियो ।

यसैगरी मधेस प्रदेशमा जेठ ६ र ७ गते कोसी प्रदेशमा जेठ ८ र ९ गते, जेठ १४ र १५ गते लुम्बिनीमा भेला आयोजना गर्ने कांग्रेसले जनाएको छ ।

यता पूर्व सभापति शेरबहादुर देउवा पक्षले प िनिर्वाचन समीक्षा, पार्टीको आगामी रणनीतिलगायत विषयमा समानान्तर भेला जारी राखेका छन् । कोसी, बागमती र कर्णालीमा इतरपक्षले भेला आयोजना गरिसकेको छ ।

कर्णालीमा नेपाली कांग्रेस कर्णाली प्रदेशले आइतबार र शनिबार आयोजना गरेको दुई दिने भेलामा अधिकांश देउवा पक्षीय कांग्रेस नेताहरूको सहभागिता रहेको थियो ।

उक्त भेलामा कांग्रेस नेताहरूले दुबै पक्षलाई समेटेर कांग्रेस एकतामा ध्यान दिन निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुरखड्कालाई सुझाएका थिए ।

सम्बन्धित समाचार