AarthikBikash
मङ्लबार, जेष्ठ ५, २०८३
  • होमपेज
  • राजनीति
  • आज पनि बैठक सुरु हुनासाथ पर्चासहित हर्कले जनाए विरोध

आज पनि बैठक सुरु हुनासाथ पर्चासहित हर्कले जनाए विरोध

  • मङ्लबार, जेष्ठ ५, २०८३
आज पनि बैठक सुरु हुनासाथ पर्चासहित हर्कले जनाए विरोध

काठमाडौं – प्रतिनिधि सभाको बैठकमा आज पनि श्रम संस्कृृति पार्टीले विरोध जनाएको छन्।

बैठक सुरु हुनासाथ पार्टी अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री र मन्त्रीहरुलाई जवाफदेही बनाउन माग गर्दै विरोध जनाएका हुन्।

साम्पाङ संसदमा उठेर प्ले कार्डसहित प्रस्तुत भएका थिए।

सभामुख डोलप्रसाद अर्यालले साम्पाङलाई उक्त विषयमा सचिवालयसँग कुरा गर्ने बताएपछि बैठक अघि बढेको छ ।

सोमबारको बैठकमा पनि पार्टीका अध्यक्ष साम्पाङसहितका सबै सांसदहरूले प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने नारा लेखिएका पर्चासहित वेल घेराउ गर्दै विरोध जनाएका थिए ।

सम्बन्धित समाचार