AarthikBikash
शुक्रबार, जेष्ठ ८, २०८३
  • होमपेज
  • खेलकुद
  • टि-२० महिला क्रिकेटः मलेसियामाथि नेपालको लगातार दोस्रो जित

टि-२० महिला क्रिकेटः मलेसियामाथि नेपालको लगातार दोस्रो जित

  • शुक्रबार, जेष्ठ ८, २०८३
टि-२० महिला क्रिकेटः मलेसियामाथि नेपालको लगातार दोस्रो जित

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियाविरुद्धको अन्तरराष्ट्रिय महिला टी- २० सिरिजमा दोस्रो जित हासिल गरेको छ।

मलेसियाको बायुमास ओभल क्रिकेट आज भएको खेलमा नेपालले मलेसियामाथि सात विकेटको जित निकालेको हो।

टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले नेपाललाई जितका लागि ८३ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा नेपालले १६ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो।

नेपालको जितमा सम्झना खड्काले सर्वाधिक ३९ रनको योगदान दिइन्। त्यस्तै कविता कुँवरले १९ र सोनी पाखरिनले १२ रन जोडिन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८२ रनको योगफल बनाएको थियो।

मलेसियाका लागि ऐना हमिजाले सर्वाधिक १७ रनको योगदान दिइन्। उनले ३० बलमा एक चौकाको सहायताले १७ रन बनाएकी हुन्।

त्यस्तै धनुश्री मुहुनानले १५ रन जोडिन भने अरिनान नातास्याले १३ रन बनाइन्। त्यसबाहेक मलेसियाका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।

बलिङतर्फ नेपालकी कविता कुँवर, रुविना क्षेत्री र रिया शर्माले समान दुईरदुई विकेट लिए भने पूजा महतो र सीता रानामगरले समान एकरएक विकेट विकेट लिइन्।

एसियन छनोट तथा एसिसी प्रिमियर कप खेल्न मलेसिया पुगेको नेपाली टोलीले मलेसियासँग दुई अभ्यास खेल खेले हो।

यसअघि यही जेठ ६ भएको पहिलो खेलमा नेपालले मलेसियालाई दुई विकेटले पराजित गरेको थियो ।

सम्बन्धित समाचार