AarthikBikash
शुक्रबार, असार १९, २०८३
  • होमपेज
  • खेलकुद
  • अस्ट्रियालाई ३–० ले स्तब्ध पार्दै स्पेन विश्वकपको अन्तिम १६ मा प्रवेश

अस्ट्रियालाई ३–० ले स्तब्ध पार्दै स्पेन विश्वकपको अन्तिम १६ मा प्रवेश

  • शुक्रबार, असार १९, २०८३
अस्ट्रियालाई ३–० ले स्तब्ध पार्दै स्पेन विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौं – स्पेनले १६ वर्षपछि पहिलो पटक पुरुष विश्वकपको नकआउट खेल जित्दै इतिहास रचेको छ।

अमेरिकाको लस एन्जलसमा भएको अन्तिम ३२ को खेलमा अस्ट्रियालाई सहजै ३-० ले हराउँदै स्पेन प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको हो ।

स्पेनका लागि मिकेल ओर्याजबलले दुई गोल गरे । उनले खेलको ३४ औँ मिनेटमा पहिलो गोल गर्दै सुरुआती अग्रता दिलाए । ८८ औँ मिनेटमा उनले अर्को गोल गरे । विश्वकपमा उनको गोल संख्या चार पुगेको छ ।

सन् २०१० मा विश्वकप जितेयता स्पेनले नकआउट चरणमा कुनै पनि खेल जित्न सकेको थिएन। २०१४ मा समूह चरणबाटै बाहिरिएको स्पेन २०१८ मा रुस र २०२२ मा मोरक्कोसँग अन्तिम १६ मा पराजित भएको थियो।

तर यस पटक स्पेनले अस्ट्रियाको रक्षापंक्तिलाई धैर्यताका साथ तोड्दै आफ्नो पुराना खराब रेकर्डहरूलाई मेटाएको छ।

दोस्रो हाफको ६६ औँ मिनेटमा पेड्रो पोरोले गोल गरेका थिए । स्पेनले अन्तिम १६ मा पोर्चुगल र क्रोएसियाबीचको खेलबाट विजयी हुने टोलीसँग खेल्नेछ ।

 

सम्बन्धित समाचार