AarthikBikash
सोमवार, साउन १८, २०८३
  • होमपेज
  • राजनीति
  • तराई-मधेशका घटनामा कांग्रेसले माग्यो न्यायिक समिति

तराई-मधेशका घटनामा कांग्रेसले माग्यो न्यायिक समिति

  • सोमवार, साउन १८, २०८३
तराई-मधेशका घटनामा कांग्रेसले माग्यो न्यायिक समिति

काठमाडौं – नेपाली कांग्रेसले तराई मधेशमा घटेका घटनाको न्यायिक समिति बनाएर स्वतन्त्र, निष्पक्ष ढङ्गबाट छानबिनको माग गर्ने निर्णय गरेको छ।

आज बसेको संसदीय दलको बैठकले गम्भीर घटना भएकाले सत्य-तथ्य सार्वजनिक गरेर कानुन बमोजिम दोषीलाई कारबाहीको माग गर्ने निर्णय भएको महामन्त्री प्रदीप पौडेलले बताए।

उनका अनुसार यो विषयलाई कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभामा पनि उठाउनेछ।

उनले भने, ‘न्यायिक छानबिन समिति आजको हाम्रो मुख्य प्रस्ताव हो। त्यो प्रस्तावलाई प्रतिनिधि सभा र राष्ट्रिय सभामा उठाउने पार्टीको तर्फबाट उठाउनुहुन्छ। अरू विपक्षी दलहरूसँग पनि त्यसका छलफल हुन्छ।’

कांग्रेसले सांसदले स्वकीय सचिव राख्ने विषयमा पनि निश्चित मापदण्ड बनाउन माग गरेको छ।

अघिल्लो समाचार

Elenco Dei Blackjack Casinò Con Soldi Veri 2026
Elenco Dei Blackjack Casinò Con Soldi Veri 2026

सम्बन्धित समाचार