AarthikBikash
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • राजनीति
  • प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् एजेन्डा

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् एजेन्डा

  • मङ्लबार, साउन १९, २०८३
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन आव २०८१/८२ पेस गर्ने सम्भावित कार्यसूची छ।

दुई साता स्थगित भएर यही साउन १४ गते बसको बैठक फेरि ५ दिन स्थगित भएर आज बस्न लागेको हो ।

आजको बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनेछ।

सांसद आङ्देम्बेले ‘वास्तविक भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी नागरिकको संरक्षण र पुनः स्थापनाका लागि सरकारले आवश्यक व्यवस्था गरी सुरक्षित आवास, आधारभूत सेवा, खाद्य, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको निरन्तरतालाई ध्यान दिइ उचित क्षतिपूर्ति, स्थायी पुनःस्थापनाको प्रत्याभूति दिलाउन र वास्तविक भूमिहीन एवं सुकुमवासीलाई यथाशीघ्र लालपूर्जा वितरण गराउन आवश्यक भएकाले भन्ने’ विषयको सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेका छन्।

उक्त प्रस्तावको समर्थकमा सांसदहरु ऐनबहादुर महर, युवराज दुलाल र आरेन राई छन्।

सम्बन्धित समाचार