AarthikBikash
बिहिबार, साउन २१, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • ग्वार्को फ्लाइओभरमा बस दुर्घटना अपडेट: एक महिलाको मृत्यु, १९ घाइते

ग्वार्को फ्लाइओभरमा बस दुर्घटना अपडेट: एक महिलाको मृत्यु, १९ घाइते

  • बिहिबार, साउन २१, २०८३
ग्वार्को फ्लाइओभरमा बस दुर्घटना अपडेट: एक महिलाको मृत्यु, १९ घाइते

काठमाडौं – ललितपुरको ग्वार्को फ्लाइओभरमा बिहीबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आज बिहान करिब १०ः३० बजे कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा२ख ३५९० नम्बरको बस फ्लाइओभरमा ठोक्किएर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा दोलखाको सैलुङ गाउँपालिका घर भई हाल भक्तपुर सूर्यविनायक बस्दै आएकी ४० वर्षीया जेनिशा लामाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा २३ वर्षीया सुन्निमा योन्जन, २४ वर्षीय तुल्सी धानुक, ४० वर्षीया कविता कार्की, ३३ वर्षीय धनकुमार ढोङ, ३७ वर्षीया लक्ष्मी श्रेष्ठ, २४ वर्षीया रशिला दुलाल, ६० वर्षीय कृष्णराम थापा (सहचालक), ४१ वर्षीया अमृता कार्की र ४० वर्षीया कविता केसी घाइते भएका छन्। उनीहरूको बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये सुन्निमा योन्जन र कृष्णराम थापाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

यस्तै २४ वर्षीय विवेक दाहाल, १९ वर्षीया भगवती खत्री, ४७ वर्षीया भगवती खत्री, २८ वर्षीया जुनु शिल्पकार, ४९ वर्षीया तुल्सीदेवी खड्का, २१ वर्षीया अञ्जु साह, २७ वर्षीय आशुतोष श्रेष्ठ, ३६ वर्षीया स्तर देउजा र ४५ वर्षीय मोहम्मद समिमको ग्लोबल अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रहरीले बस चालक काभ्रेको तेमाल गाउँपालिका–३ घर भई हाल भक्तपुर बस्दै आएका ३६ वर्षीय लक्षी तामाङलाई नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

अघिल्लो समाचार

Come Scaricare Le Miglior Slot 2026
Come Scaricare Le Miglior Slot 2026

अर्को समाचार

Rummy Card Rules
Rummy Card Rules

सम्बन्धित समाचार