AarthikBikash
बिहिबार, कार्तिक २०, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • काठमाडौंको गोकर्णेश्वरमा प्रहरीले चलायो गोली

काठमाडौंको गोकर्णेश्वरमा प्रहरीले चलायो गोली

  • बिहिबार, कार्तिक २०, २०८३
काठमाडौंको गोकर्णेश्वरमा प्रहरीले चलायो गोली

काठमाडौं – काठमाडौंको गोकर्णेश्वरमा प्रहरीले गोली चलाएर डलर देखाई ठगी गर्ने आरोप लागेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार साँझ गोकर्णेश्वर नगरपालिका–३ स्थित दाम्पामा गोली चलाएर सुजन तामाङलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरीको खोजतलासका क्रममा भाग्न खोजेपछि उनलाई नियन्त्रणमा लिन गोली चलाइएको थियो ।

प्रहरीले सुरुमा एक राउन्ड हवाई फायर गरेको थियो । त्यसपछि पनि नियन्त्रणमा नआएपछि तामाङको खुट्टामा गोली प्रहार गरी पक्राउ गरिएको बताइएको छ ।

तामाङमाथि डलर देखाएर ठगी गर्ने गरेको आरोप छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार