AarthikBikash
बिहिबार, भदौ ११, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • विनाशकारी बाढीमा ६४४ पर्यटक सम्पर्कविहीन

विनाशकारी बाढीमा ६४४ पर्यटक सम्पर्कविहीन

  • बिहिबार, भदौ ११, २०८३
विनाशकारी बाढीमा ६४४ पर्यटक सम्पर्कविहीन

काठमाडौं – भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन पर्यटक तथा पदयात्रीको संख्या ६४४ पुगेको छ।

नेपाल पर्यटन बोर्डले पछिल्लो विवरण सार्वजनिक गर्दै ६४४ जना पर्यटक तथा पदयात्रीको अवस्था अझै अज्ञात रहेको जनाएको हो।

बोर्डका अनुसार सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै भारतीय पर्यटक १७८ जना छन्। यस्तै, नेपाली १२७, अमेरिकी ६५ र युक्रेनी ५३ जना पर्यटक सम्पर्कविहीन रहेको तथ्यांक छ।

त्यस्तै, मलेसियाका ५१, अस्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ जना पर्यटक सम्पर्कविहीन छन्।

बोर्डका अनुसार सिंगापुरका ९, रुसका ८, जर्मनीका ८ तथा लात्भिया र दक्षिण अफ्रिकाका ६–६ जना पर्यटकको अवस्था अज्ञात छ।

नेपाल पर्यटन बोर्डले सम्बन्धित ट्राभल एजेन्सी तथा कम्पनीहरूबाट प्राप्त विवरणका आधारमा तथ्यांक संकलन गरिएको जनाएको छ। प्रभावित क्षेत्रमा सम्पर्क तथा सञ्चार अवरुद्ध रहेकाले विवरण थप अद्यावधिक हुन सक्ने बोर्डले जनाएको छ।

साथै बोर्डले ट्राभल एजेन्सी र कम्पनीहरूसँगको समन्वयमा तथ्याङ्क सङ्कलनको कार्य गरिरहेको छ ।

बुधबारबिहान रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तर पूर्वी सिमानामा हिम चट्टान पहिरो जाँदा ल्हेन्दे खोलामा गेग्र्यानसहित बाढी आएको र टिमुरे हुँदै त्रिशूलीमा प्रवेश गरेको थियो ।

उक्त भीषण बाढीले रसुवा, नुवाकोट र धादिङसहितका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ।

सम्बन्धित समाचार