AarthikBikash
मङ्लबार, भदौ ३०, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु

मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु

  • मङ्लबार, भदौ ३०, २०८३
मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु

हेटौंडा – हेटौंडाबाट काठमाडौं जाँदै गरेको विद्युतीय गाडी (ईभी) मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार गाडीमा आठ जना सवार थिए।

दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको र बाँकी चार जनाको उद्धार गरिएको छ।

उद्धार गरिएकामध्ये एक जनालाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ भने अन्य तीन जनालाई काठमाडौं लगिएको प्रहरीले जनाएको छ।

मंगलबार दिउँसो करिब २ बजे दुर्घटना भएको गाडी सडकबाट करिब ५०० मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मृत्यु भएका तथा घाइतेको पहिचान खुल्न बाँकी रहेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

सम्बन्धित समाचार