AarthikBikash
शनिबार, अशोज ३, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • माथिल्लो त्रिशूली–१ मा थप ११ शव फेला

माथिल्लो त्रिशूली–१ मा थप ११ शव फेला

  • शनिबार, अशोज ३, २०८३
माथिल्लो त्रिशूली–१ मा थप ११ शव फेला

काठमाडौं – रसुवाको भोटेकोसीमा आएको बाढीपछि सम्पर्कविहीन भएका थप ११ जनाको शव फेला परेको छ।

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा अडिट–३ टनेलको जालीमा अल्झिएको तथा हिलोमा दबिएको अवस्थामा शव फेला पारेको नेपाली सेनाले जनाएको छ।

सेनाका अनुसार फेला परेका सबै ११ शव निकालिसकिएको छ। बाढीपछि अझै सम्पर्कविहीन रहेकाहरूको खोजी तथा उद्धार कार्य भने जारी छ।

गत भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएकाहरूको खोजीका लागि नेपाली सेना, सुरक्षा निकाय तथा सम्बन्धित निकायको टोली परिचालन हुँदै आएको छ।

सम्बन्धित समाचार