काठमाडौं – संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूसँग भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे, उपसभापति विश्वप्रकाश शर्मालगायतका नेतासँग प्रधानमन्त्री शाहले भेटवार्ता गरेका हुन्।
अमेरिका भ्रमण तथा संयुक्त राष्ट्रसंघको महासभामा सहभागिताअघि आवश्यक छलफल र परामर्शका लागि कांग्रेस नेतासँग भेटवार्ता गरिएको बताइएको छ।
यसअघि प्रधानमन्त्री शाहले प्रधानसेनापति अशोकराज सिग्देलसँग पनि भेटवार्ता गरेका थिए।
प्रधानमन्त्री शाह मंगलबार अपराह्न अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ।
उनले असोज ८ गते संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्नेछन्।