AarthikBikash
बिहिबार, अशोज ८, २०८३
  • होमपेज
  • समाज
  • पानीको बहाव बढेपछि कोशी ब्यारेजमा रातो बत्ती बालियो, २३ वटा ढोका खोलिए

पानीको बहाव बढेपछि कोशी ब्यारेजमा रातो बत्ती बालियो, २३ वटा ढोका खोलिए

  • बिहिबार, अशोज ८, २०८३
पानीको बहाव बढेपछि कोशी ब्यारेजमा रातो बत्ती बालियो, २३ वटा ढोका खोलिए

काठमाडौं – लगातारको वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढेपछि कोशी ब्यारेजमा खतराको संकेतस्वरूप ‘रातो बत्ती’ बालिएको छ।

ब्यारेजमा पानीको बहाव तीव्र बनेपछि नदी नियन्त्रणका लागि ५६ मध्ये २३ वटा ढोका खोलिएका छन् ।

कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार बिहीबार साँझ ७:१५ बजे गरिएको पछिल्लो मापनमा पानीको बहाव १ लाख ८५ हजार १ सय ३० क्युसेक पुगेको छ।

पानीको बहाव अहिले ‘स्थिर’ (स्टेडी) अवस्थामा रहे पनि जोखिमको स्तर उच्च रहेकाले प्रशासनले ब्यारेजको अवस्थालाई ‘खतरा’ (डेन्जर) को सूचीमा राखेको छ।

ब्यारेज आसपासको क्षेत्रमा साँझ ७ः३५ बजेदेखि पुनः वर्षा सुरु भएको छ।

सम्बन्धित समाचार