AarthikBikash
शनिबार, अशोज १०, २०८३
  • होमपेज
  • राजनीति
  • यूएन महासभामा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री बालेन

यूएन महासभामा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री बालेन

  • शनिबार, अशोज १०, २०८३
यूएन महासभामा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री बालेन

काठमाडौं – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री शाह केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

उनी महासभामा सहभागी हुन गत मंगलबार साँझ अमेरिका प्रस्थान गरेका थिए ।

प्रधानमन्त्री शाहले असोज ८ गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका थिए ।

महासभामा सहभागिता पूरा गरी उनी आज स्वदेश फर्किएका हुन् ।

अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री शाहले शुक्रबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका थिए। सम्बोधनमा उनले जलवायु परिवर्तनको असरप्रति गम्भीर बन्न विश्व समुदायलाई आग्रह गर्दै विपद् व्यवस्थापनमा राहत र पुनःस्थापनासँगै जिम्मेवारी, क्षतिपूर्ति र लचिलोपनलाई प्राथमिकता दिनुपर्ने बताएका थिए।

जलवायु परिवर्तनसम्बन्धी चेतावनीलाई बेवास्ता गरिरहे त्यसको असर नेपालजस्ता मुलुकमा मात्र सीमित नरहने भन्दै प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय समुदायलाई थप गम्भीर र जिम्मेवार बन्न आग्रह गरेका थिए।

अमेरिकामा रहँदा प्रधानमन्त्री शाहले विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग द्विपक्षीय भेटवार्तासमेत गरेका थिए। भ्रमणका क्रममा महासभामा सहभागिता जनाउनुका साथै उनले जलवायु परिवर्तन र विपद् व्यवस्थापनलगायत विषयमा नेपालको धारणा अन्तर्राष्ट्रिय समुदायसमक्ष राखेका थिए।

सम्बन्धित समाचार