AarthikBikash
आइतवार, अशोज ११, २०८३
  • होमपेज
  • समाज
  • सप्तरीमा बाढीको वितण्डा : ५ सय घर डुबानमा, दुई हजारभन्दा बढी प्रभावित

सप्तरीमा बाढीको वितण्डा : ५ सय घर डुबानमा, दुई हजारभन्दा बढी प्रभावित

  • आइतवार, अशोज ११, २०८३
सप्तरीमा बाढीको वितण्डा : ५ सय घर डुबानमा, दुई हजारभन्दा बढी प्रभावित

सप्तरी – लगातारको वर्षासँगै सप्तकोसी नदीमा पानीको सतह बढेपछि सप्तरीका दुई स्थानीय तहका करिब ५ सय घर डुबानमा परेका छन् । बाढीबाट दुई हजारभन्दा बढी स्थानीय प्रभावित भएका छन् ।

हनुमाननगर कङ्कालिनी नगरपालिका–५, ७, १२ र १३ का बस्तीमा बाढी पस्दा ४८३ घर डुबानमा परेका छन्। त्यस्तै, तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ का १७ घर डुबानमा परेका छन् ।

शुक्रबार राति सप्तकोसी नदीमा पानीको सतह बढेपछि बस्तीमा बाढी पसेको हनुमाननगर कङ्कालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझीले जानकारी दिए।

बाढी प्रभावितका लागि तत्काल बिहान र बेलुका गरी दुई छाक खानाको व्यवस्था गरिएको उनले बताए। पानीको सतह केही घटेपछि प्रभावित परिवारको पहिचान गरी थप राहत सामग्री वितरण गरिने उनको भनाइ छ।

बाढीका कारण स्थानीयको जनजीवन प्रभावित बनेको छ भने जोखिमयुक्त क्षेत्रमा थप सतर्कता अपनाइएको छ।

सम्बन्धित समाचार