AarthikBikash
सोमवार, अशोज १२, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • विमानस्थलबाट ४२२ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

विमानस्थलबाट ४२२ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

  • सोमवार, अशोज १२, २०८३
विमानस्थलबाट ४२२ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले अन्डरवेयरभित्र लुकाएर ल्याइएको ४२२ दशमलव ५ ग्राम अर्धठोस सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको दिल्लीका ४६ वर्षीय असलम शौकत रहेका छन् ।

विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार मुम्बईबाट इन्डिगो एयरको उडानमार्फत काठमाडौं आएका शौकतलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गएराति विमानस्थलमा शौकत अस्वाभाविक रूपमा हिँडडुल गरिरहेको देखिएपछि शङ्का लागेर जाँच गरिएको थियो ।

सो क्रममा उनको अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइएको अवस्थामा ४२२ दशमलव ५ ग्राम अर्धठोस सुन बरामद भएको हो ।

पक्राउ परेका शौकतलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।

सम्बन्धित समाचार