AarthikBikash
सोमवार, अशोज १२, २०८३
  • होमपेज
  • राजनीति
  • पक्राउलगत्तै दुर्गा प्रसाईंलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

पक्राउलगत्तै दुर्गा प्रसाईंलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

  • सोमवार, अशोज १२, २०८३
पक्राउलगत्तै दुर्गा प्रसाईंलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं – मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईं लाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको छ ।

सोमबार साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउलगत्तै प्रसाईंलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको हो ।

स्वास्थ्य परीक्षणपछि उनलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउने तयारी गरिएको छ ।

प्रसाईंले केही दिनअघि सामाजिक सञ्जालमार्फत जेनजी आन्दोलनमा ज्यान गुमाएका रसिक खतिवडाबारे अपमानजनक टिप्पणी गरेको आरोप छ । रसिक सांसद रचना खतिवडाका छोरा हुन् ।

प्रसाईंले सामाजिक सञ्जालमा ‘छोराको लाससँग सांसद पद साटेको’ भन्दै टिप्पणी गरेको आरोपपछि सांसद खतिवडा प्रतिनिधिसभाको बैठकमै भावुक भएकी थिइन् ।

आफूमाथि र छोराको विषयमा प्रसाईंलगायतले अपमानजनक टिप्पणी गरेको भन्दै खतिवडाले साइबर ब्युरोमा उजुरी दिएकी थिइन् ।

सोही उजुरीका आधारमा प्रसाईंलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाइएको हो ।

सम्बन्धित समाचार