AarthikBikash
मङ्लबार, अशोज २०, २०८३
  • होमपेज
  • राजनीति
  • कांग्रेस महामन्त्रीमा दोहोरिन प्रदीप पौडेलको उम्मेदवारी दर्ता

कांग्रेस महामन्त्रीमा दोहोरिन प्रदीप पौडेलको उम्मेदवारी दर्ता

  • मङ्लबार, अशोज २०, २०८३
कांग्रेस महामन्त्रीमा दोहोरिन प्रदीप पौडेलको उम्मेदवारी दर्ता

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा पुनः महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

विशेष महाधिवेशनबाट महामन्त्री बनेका पौडेलले मंगलबार राष्ट्रिय सभागृहमा पुगेर महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन्। उनी १५औँ महाधिवेशनबाट पनि महामन्त्रीमै दोहोरिने तयारीमा छन्।

यसअघि महामन्त्री पदमा डा. सुनिल शर्मा, नैनसिंह महर र गुरुराज घिमिरेले उम्मेदवारी दर्ता गराइसकेका छन् ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि राष्ट्रिय सभागृहमा उम्मेदवारी मनोनयन दर्ता भइरहेको छ।

केन्द्रीय निर्वाचन समितिले मंगलबार दिउँसो साढे १२ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ।

सम्बन्धित समाचार