AarthikBikash
शुक्रबार, अशोज २३, २०८३
  • होमपेज
  • समाज
  • विद्युतीय सार्वजनिक सवारीको नयाँ भाडादर समायोजन

विद्युतीय सार्वजनिक सवारीको नयाँ भाडादर समायोजन

  • शुक्रबार, अशोज २३, २०८३
विद्युतीय सार्वजनिक सवारीको नयाँ भाडादर समायोजन

काठमाडौं – सरकारले अन्तरप्रदेशीय छोटो, मध्यम र लामो दूरीमा सञ्चालन हुने विद्युतीय सार्वजनिक सवारीको भाडादर समायोजन गरेको छ।

यातायात व्यवस्था विभागले बिहीबार नयाँ भाडादर सार्वजनिक गर्दै यात्रुवाहक र मालवाहक सवारीका लागि प्रतिकिलोमिटर भाडा निर्धारण गरेको हो।

विभागका अनुसार तराई र पहाडी सडकमा सञ्चालन हुने सवारीको भाडादर परिमार्जन गरिएको छ। तराईको २५० किलोमिटरभन्दा बढी दूरीको पक्की तथा ग्राभेल सडकमा यात्रुवाहक सवारीको भाडा प्रतिकिलोमिटर प्रतिव्यक्ति २ रुपैयाँ ९३ पैसा कायम गरिएको छ। २५ देखि २५० किलोमिटरसम्मको दूरीमा भने प्रतिकिलोमिटर ३ रुपैयाँ तोकिएको छ।

त्यस्तै, काठमाडौं–पोखरा र पोखरा–नारायणगढ खण्डमा प्रतिकिलोमिटर प्रतिव्यक्ति ३ रुपैयाँ २४ पैसा भाडा कायम गरिएको विभागले जनाएको छ।

डिलक्स र सुपर डिलक्समा थप भाडा लिन पाइने

विभागका अनुसार डिलक्स सुविधा लिएको प्रमाणित भएका सवारीले तोकिएको सामान्य भाडादरमा २० प्रतिशत थप रकम लिन सक्नेछन्। सुपर डिलक्स सुविधा प्रमाणित भएका सवारीले भने डिलक्सको भाडादरमा थप २० प्रतिशत रकम लिन पाउनेछन्।

विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई अनिवार्य सहुलियत

विभागले जारी गरेको आचारसंहिताअनुसार विद्यार्थी, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई तोकिएको सहुलियत अनिवार्य रूपमा दिनुपर्नेछ। यस्तो सहुलियत निश्चित रुट, कोटा वा दिनमा सीमित गर्न पाइने छैन। यात्रुले भने सहुलियत लिन सक्कल परिचयपत्र देखाउनुपर्ने व्यवस्था गरिएको छ।

रात्रिकालीन बसमा दुई चालक अनिवार्य

लामो दूरीका रात्रिकालीन बसमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्ने विभागले जनाएको छ। चालक र सहचालकले परिचयपत्र वा पोसाक लगाउनुपर्ने व्यवस्था पनि गरिएको छ। तोकिएकोभन्दा बढी भाडा असुले कारबाही गरिने विभागले चेतावनी दिएको छ।

यात्रुवाहक सवारीले बढी भाडा लिएमा यात्रुले हेलो सरकारको टोल फ्री नम्बर ११११ वा ट्राफिक प्रहरीको नम्बर १०३ मा उजुरी गर्न सक्नेछन्।

ट्रकको भाडादर पनि समायोजन

विभागले यात्रुवाहक सवारीसँगै मालवाहक ट्रकको भाडादरसमेत समायोजन गरेको छ। तराईमा प्रतिकिलोमिटर प्रतिटन ७ रुपैयाँ ७२ पैसा र पहाडी क्षेत्रमा १४ रुपैयाँ ७७ पैसा कायम गरिएको छ। १० टन क्षमतालाई आधार मानेर विभिन्न रुटको भाडादरसमेत निर्धारण गरिएको छ।

निर्धारित दरअनुसार पहाडी बाटो हुँदै वीरगञ्ज–काठमाडौं ट्रक भाडा ३१ हजार ४४६ रुपैयाँ र भैरहवा–काठमाडौंको भाडा ३२ हजार १४१ रुपैयाँ तोकिएको विभागले जनाएको छ।

अघिल्लो समाचार

Cuáles Son Las Estrategias Para Juegos De Casino
Cuáles Son Las Estrategias Para Juegos De Casino

सम्बन्धित समाचार