AarthikBikash
सोमवार, कार्तिक १०, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • गुल्मीमा स्कार्पियो २५० मिटर तल खस्दा ५ जनाको मृत्यु, ४ गम्भीर घाइते

गुल्मीमा स्कार्पियो २५० मिटर तल खस्दा ५ जनाको मृत्यु, ४ गम्भीर घाइते

  • सोमवार, कार्तिक १०, २०८३
गुल्मीमा स्कार्पियो २५० मिटर तल खस्दा ५ जनाको मृत्यु, ४ गम्भीर घाइते

गुल्मी – गुल्मीमा स्कार्पियो गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन्।

जिल्लाको कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडकखण्डमा सोमबार अपराह्न स्कार्पियो दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार, स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा.अ. ०२२० नम्बरको स्कार्पियो अपराह्न करिब ४ बजे सडकबाट करिब २५० मिटर तल खसेको थियो।

दुर्घटनामा पाँच जनाको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका चार जनालाई उद्धार गरी उपचारका लागि स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी सामुदायिक अस्पताल पठाइएको छ।

घटनास्थलमा ज्यान गुमाएकाहरूको शव माथि ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ।

घाइतेहरूको नाम, थर तथा अन्य विवरण भने खुल्न बाँकी छ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

अघिल्लो समाचार

Online Slot Car Sellers
Online Slot Car Sellers

अर्को समाचार

Play Games For Real Money Australia
Play Games For Real Money Australia

सम्बन्धित समाचार