AarthikBikash
बुधबार, कार्तिक १४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • काठमाण्डौं महानगरपालिकाले भोलिदेखि फोहोर वर्गिकरण गरेर संकलन गर्ने

काठमाण्डौं महानगरपालिकाले भोलिदेखि फोहोर वर्गिकरण गरेर संकलन गर्ने

  • शनिबार, असार ३२, २०७९
काठमाण्डौं महानगरपालिकाले भोलिदेखि फोहोर वर्गिकरण गरेर संकलन गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहाेर संकलनका लागि तालिका सार्वजनिक गरेको छ ।

महानगरपालिकाले एक सूचना सार्वजनिक गर्दै कुहिने फोहाेर सङ्कलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ। साथै नकुहिने फोहाेरका लागि सोमबार र शुक्रबारकाे लागि समय तोकेको महानगरपालिकाले जनाएकाे छ । तोकिएकाे समय बमोजिम नागरिकले फोहाेर व्यवस्थापनका लागि सहजीकरण गर्नुपर्ने महानगरपालिकाले जारी सूचनामा भनिएकाे छ ।

महानगरपालिकाले १ महिनाअघि नै सूचना जारी गरेर फोहाेर वर्गीकरण गर्ने विषयमा नगरवासीलाई सचेत र जानकारी गराएको थियो । पटकपटकको सूचनालाई व्यवस्थित गरी वर्गीकरण नगरिएका फोहाेर बोक्ने गाडीसम्म ल्याए पुनः घरमा नै फर्काएर कारबाही स्वरूप प्रतिव्यक्ति ५ सय जरिवानासमेत गर्ने महानगरले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार