AarthikBikash
मङ्लबार, बैशाख ८, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • डा. केसी काठमाडौं जान मानेनन्

डा. केसी काठमाडौं जान मानेनन्

  • मङ्लबार, अशोज ४, २०७९
डा. केसी काठमाडौं जान मानेनन्

धनगढी – अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा जटिल समस्या देखिएपछि काठमाडौँ लैजाने तयारी गरे पनि उनले भने मानिरहेका छैनन्। धनगढीमा विगत ९ दिनदेखि अनशनरत डा. केसीलाई सोमबार दिउँसो २ बजे नै नेपाली सेनाको स्काइ ट्रकमार्फत काठमाडौँ लैजाने तयारी भए पनि डा. केसी नमानेका हुन्।

डा. केसीले सेती अस्पताल नछाड्ने अडान लिएका थिए। डाक्टर केसीले आफूलाई अपहरण शैलीमा नलग्न आग्रह गरेका थिए। ‘मेरो जाने मन छैन तर अपहरण शैलीमा लगे त्यस्तै हो।’

विभिन्न ७ बुँदे माग राख्दै सत्याग्रह बस्नका लागि डाक्टर केसी धनगढी पुगेका थिए। सुरुमा धनगढीको कृष्ण मन्दिरमा अनशन बसेका डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई सेती प्रादेशिक अस्पतालमा राखिएको छ। तर, उनको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि उपचारको लागि काठमाडौँ लैजान लागिएको थियो।

सम्बन्धित समाचार