AarthikBikash
आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • राजनीति
  • गृहमन्त्री लामिछानेको संसद् सदस्य योग्यताबारेको सुनुवाइ पुस २२ गते

गृहमन्त्री लामिछानेको संसद् सदस्य योग्यताबारेको सुनुवाइ पुस २२ गते

  • मङ्लबार, पुस १२, २०७९
गृहमन्त्री लामिछानेको संसद् सदस्य योग्यताबारेको सुनुवाइ पुस २२ गते

काठमाडौं-गृहमन्त्री रवि लामिछानेको सांसदको योग्यताबारे पुस २२ गते सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ।

यसअघि सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता विवादमा छलफलका लागि दुवै पक्षलाई बोलाउने निर्णय गरेको थियो। गएको ६ गते नै निर्णय भए पनि आज मंगलबार आदेशको प्रमाणित कपी आएको हो।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउत हुनेछन्।

पुस २२ गते लामिछाने सांसद हुन योग्य कि अयोग्य भन्ने विषयमा दुवै पक्षका कानुन व्यवसायीले बहस गर्नेछन्। दुवै पक्षको बहसपछि सर्वोच्च अदालतले अन्तरिम आदेश दिनुपर्ने वा नपर्ने भन्ने निर्णय गर्नेछ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने चितवन–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। रविराज बसौला र अधिवक्ता युवराज पौडेलले छुट्टाछुट्टै रिट दायर गरी लामिछानेको नेपाली नागरिकता रद्द भइसकेको अवस्थामा रास्वपाका सभापति पद, साधारण सदस्यता तथा निर्वाचनका प्रक्रिया बदर गर्न माग गरेका छन्।

Facebook Comments

सम्बन्धित समाचार