AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • विश्व
  • अमेरिकामा चिसोबाट मृत्यु हुनेको संख्या ४८ पुग्यो

अमेरिकामा चिसोबाट मृत्यु हुनेको संख्या ४८ पुग्यो

  • मङ्लबार, पुस १२, २०७९
अमेरिकामा चिसोबाट मृत्यु हुनेको संख्या ४८ पुग्यो

काठमाडौं-इतिहासमै सबै भन्दा कठिन मौसमी प्रकोपबाट गुज्रिरहेको अमेरिकामा चिसोबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ।

न्युयोर्क राज्यको बफेलो शहरमा मात्रै गत २४ घण्टामा २७ जनाकाे मृत्यु भएकाे हाे । सडकको हिउँ पन्छाउन सकिने अवस्था समेत नहुँदा बफेलो शहर युद्ध क्षेत्र जस्तो बनेको छ । हजारौं मानिसहरु घरभित्रै थुनिएका छन् । सडकमा रहेका गाडीहरु समेत हिउँमा पुरिएका छन् ।

अमेरिकाको राष्ट्रिय मौसम सेवाले मंगलबार पनि थप हिमपात हुने चेतावनी दिएको छ । घरमा थुनिएका मानिसहरुको उद्धार गर्ने अवस्था समेत नरहेकाले थप मानिसको मृत्यु हुने सक्ने अनुमान गरिएको छ । सोमबार पनि २ हजार बढी उडानहरू रद्द गर्नु परेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार