AarthikBikash
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • समाज
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागनमको सर्भर डाउन हुँदा उडान प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागनमको सर्भर डाउन हुँदा उडान प्रभावित

  • सोमवार, फाल्गुन ८, २०७९
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागनमको सर्भर डाउन हुँदा उडान प्रभावित

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागनमको सर्भर डाउन हुँदा उडान प्रभावित भएको छ। सर्भरमा समस्या आउँदा विमानस्थलको अन्तर्राष्ट्रियतर्फको उडान प्रभावित भएको हो।

अध्यागमनको सर्भर डाउन भएपछि प्रवेशाज्ञा र प्रस्थान अनुमति दिने कार्य केही घण्टा यतादेखि प्रभावित भएको छ। जसका कारण विमानहरु समयमै उड्न पाएका छैनन् भने विमानस्थल आइपुगेका यात्रु र विमानहरु समस्यामा परेका छन्।

सर्भर बिग्रिएको कारण फ्लाई दुबई, एयर इन्डिया, इण्डिको एयर, थाई स्माइल, मलेसियन एयरलगायतका ९ वटा जति उडान प्रभावित भएको छ।

सर्भरमा धेरै बेर समस्या आए पार्किङ समेत समस्या हुन सक्नेछ।

Facebook Comments

सम्बन्धित समाचार