AarthikBikash
शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • समाज
  • मौसममा पश्चिमी वायुको प्रभाव: वर्षा र हिमपातदेखि हावाहुरीको सम्भावना

मौसममा पश्चिमी वायुको प्रभाव: वर्षा र हिमपातदेखि हावाहुरीको सम्भावना

  • सोमवार, फाल्गुन २२, २०७९
मौसममा पश्चिमी वायुको प्रभाव: वर्षा र हिमपातदेखि हावाहुरीको सम्भावना

काठमाडौं – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।  लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

मंगलबार पनि देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ भने कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

साथै  कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च  पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ।

Facebook Comments

सम्बन्धित समाचार